साताको अन्तिम दिन शेयर बजारमा ३ अंकको वृद्धि

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै,१८ साउन

साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज बिहीवार ३ अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् । ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको