काठमाडाैं, ८ साउन
सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गएकाे शनिबार परियारलाइ ललितपुरकै लुभबाट र रिसाललाइ हिजाे आइताबार काठमाडाैंकै कालीमाटीबाट नियन्त्रण लिएकाे थियाे। पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन्।
परियारले आफु यातायात व्यवस्था कार्यालय एकान्तकुनाकाे कर्मचारी रहेकाे बताउँदै रकम ठगी गरेकाे प्रहरीले जनाएकाे छ।उनले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएकाे प्रहरीले जनाएकाे छ।
त्यसरी उनले नगद र सुनको गहना (औँठी) समेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।