काठमाडाैं,११ साउन
प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज (बिहीबार) राष्ट्रियसभामा टेबुल गरिने भएको छ। आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक सुरू हुने संसद् सचिवालयले जानकारीले दिए।
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० आज राष्ट्रिय सभा टेबुल गरिने भएको हो।