आगाे निभाउने क्रममा करेन्ट लाग्दा ७३ वर्षीय वृद्धकाे निधन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१२ साउन

लमजुङमा करेन्ट लागेर ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्स्याङदी गाउँपालिका-६ दिङदिङका लक्ष्यण अधिकारी रहेका छन्।

शुक्रबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागेको आगो निभाउने क्रममा अचानक विद्युत्‌को तारमा छोइएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

उक्त आगलागीमा सामान्य घाइते भएका एक जनाकाे स्वास्थ्य चाैकी बाहुनडाँडामा उपचार भइरहेकाे छ।

घट्नाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको