अविरल वर्षाका कारण पहिराेले मुग्लिन-नारायणगढ सडक अवरूद्ध

समाचार शेयर गर्नुहोस्

चितवन,१४ साउन

अविरल वर्षाका कारण पहिराेले मुग्लिन-नारायणगढ सडक अवरूद्ध भएकाे छ।

आइतबार बिहान सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिक वर्षाका कारण माथिबाट लेदाेसहितकाे पहिराे झर्दा सडक अवरूद्ध भएकाे हाे ।

डोजरलगायत मेसिन पहिरो झरेको स्थानतर्फ पठाइएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएकाे छ। पहिरो धेरै ठूलो नभएकोले पन्छाउन केही समय लाग्ने कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको