फैलिँदै गएको आँखा पाक्ने रोगबाट बच्न सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिन बन्द

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२१ साउन

आँखा पाक्ने रोग फैलिएर प्रकोप हुन थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएको छ।कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको आजको बैठकले भोलि २२ गतेदेखि २६ गतेसम्म पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

सिन्धुलीसहित देशका धेरै ठाउँमा अहिले आँखा  पाक्ने रोगको सङ्क्रमण फैलिएको छ। नगरपालिकाले सरसफाइ, आँखामा चस्मा र भिडभाडमा नजानका लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *