काठमाडौं,२२ साउन
प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) ३ बजेसम्मका लागि स्थगित भएको छ।
संसदको अवरोध खोल्ने विषयमा शीर्ष नेताहरूबीच सहमति हुन नसक्दा बैठक सारेको हो ।
संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जनाएको छ ।
यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रमुख तीन दलबीच सहमति नजुटेपछि अपराह्न ४ बजेका लागि सारिएको थियो ।