आइतबार राति कागबेनीमा आएको बाढीले प्रहरी चौकीसहित १५ घर बगाए

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२९ साउन

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले प्रहरी चौकीसहित १५ घर बगाएको छ ।

गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो। हिजो (आइतबार) राति ८ बजे कागबेनीमा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । मानवीय क्षति भने भएको छैन ।

कागबेनीको बस्तीमा बाढी पसेपछि प्रहरी चौकीसहित १५ घर बगेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको