जनकपुरधाम- महोत्तरीमा भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज प्रहरीले नियन्त्रणमा लिएको छ
महोत्तरीको बर्दिबास नगरपालिका- ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले १९ हजार किलो प्याज र २ सय बोरा सिमेन्ट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा २ वटा बोलेरो र ४ वटा ट्रकमा अवैध रुपमा भन्सार गरी लैजाँदै गरेको अवस्थामा प्याज र सिमेन्ट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्याल पथलैया, बारा पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।