झापाका साहित्यकार विजय खरेलकाे निधन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१८ असार

झापाका साहित्यकार विजय खरेलकाे ७७ वर्षकाे उमेरमा साेमबार बिहान ३ बजे निधन भएकाे छ । अमेरिकाकाे टेक्ससमा बस्ने कान्छा छाेरा प्रयास र बुहारीले बाेलाएपछि गत जेठ १७ मा श्रीमाती पार्वतीसहित खरेल अमेरिका उडेका थिए।

अमेरिका पुगेको केही दिनपछि पिसाबमा संक्रमण भई कडा ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । पिसाबकाे संक्रमण शरीरभर फैलिएर मुटु, फाेक्साे, कलेजाेमा असार पुगेकाे र त्यही निँहूका उहाँकाे निधन भएकाे पारिवारिक स्राेतले जानकारी गराए।

खरेल २००३ सालमा काँकडभित्तामा जन्मिएका थिए। उनी २०६० काे दशकदेखि साहित्य लेखनमा सक्रिय थिए। उनका उपन्यास, कथा , निबन्ध , हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका १५ बढी कृति प्रकाशित छन्। याे वर्ष मात्रै उनका तिन कृति प्रकाशित भएका थिए। जसमा ‘झर्रा शब्दहरूकाे संग्रह’ नामक कृति प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।