सिन्धुघाँटीबाट उत्पन्न मानव बिकास ५ हजार बर्ष पुरानो छ। सिन्धु नदिको आसपास बस्ने ब्राह्मणहरुलाई जहाँ अन्य जाती समुदायहरुको बसाइ थिएन उनलाई त्यति बेला ईन्दुबासी पनि भनियो र पछि ब्राह्मणबादी भनियो। ईन्डियामा आएका ब्यापारीहरु बृटिश (फिरङ्गी )हरुले सिन्धुहरुलाई हिन्दु भनिदै जादा अपभ्रंस भएर हिन्दु नै भनिदै आएको हो। यो नै अहिले नेपालमा जनजिब्रो र सरकारी कामकाजी बनेको छ। त्यतिबेलाका ब्राह्मणहरुले मान्दै आएको वैदिक सनातन धर्म अनुसार अपनाइएको पराम्परा, संस्कार, संस्कृति र भाषा संस्थागत हुँदै नेपालमा विशाल क्षेत्र ८१.३४% हिस्सा ओगटेको छ भने नेपालबाट खण्डित भई भारतमा गाभिन पुगेका केहि राज्यहरुमा पनि उत्तिकै राम्रो प्रभाब छ। बैदिक सनातनलाई कतै हिन्दु धर्म, कतै ओमकार परिवार र कतै मष्टो परिवार पनि भन्ने गरिएको छ। बास्तवमा हरेक क्रियाकलाप गर्दा र हुंदा त्यसको आफ्नै प्रकारको गुण, स्वाद, गन्ध, सेवा वा सहयोग प्राप्त हुनु नै धर्म हो भने दुरुपयोग हुनु र गर्नु नै पाप हो। वैदिक सनातन संस्कार परम्परा र संस्कृति अतुलनीय छ।
ईण्डियाले राजनीतिकरण गरि (RSS) को नेतृत्वमा संचालित (RAW) र “भारतिय जनता पार्टी” नेहरुकै बिचार (destined) योजनानुसार हिन्दुस्तानको ब्याख्या भित्र पारेर नेपाललाई हिन्दु राष्ट्रको ललिपप् देखाएर नेपालको स्वतन्त्र अस्थित्व अस्विकार गर्दै कुनै पनि बेला बिलय गराउन चाहन्छ। त्यसैले नेपालमा बैदिक सनातन धर्म अनुसार हिमवत खण्डको व्याख्याले मात्रै सुरक्षित र सार्बभौम राष्ट्रको कल्पना गर्न सकिन्छ। वैदिक सनातन धर्मलाई जँहानिया धर्मको रुपमा व्याख्या गर्ने र ब्यबसायिकरण गर्नेहरुका कारण धर्मान्तरण र बिकृतिले चुनौती पैदा गरिरहेको छ।
प्रकृति पुजक नेपाली संस्कार संस्कृति र परम्परा विशेष गरेर प्रकृतिमा तुलना र कल्पना गर्न नसकिने अदृश्य शक्तिका कारण पृथ्वीमा हुने देखिने परिबर्तन र उथल पुथललाई नै इश्वरिय शक्तिको देन मान्दछ, यसमा ब्रह्मालाई सृष्टिकर्ता, बिश्नुलाई पालनकर्ता र शिवलाई संहारकर्ताको रुपमा मुख्य तीन भागमा तीन भगवानलाई मानिदै आएको छ। सयौं शाखा उपशाखाहरुको रुपमा सरस्वती, दुर्गा, लक्ष्मी, कृष्ण, राम, हनुमान लगाएत तेत्तीस कोटि देबीदेबता बिद्यमान छन् भने वर, पिपल, तुलसी, शालिकराम (ढुङ्गा), नाग, कुुकुर, गाई, गोरु, काग ईत्यादीको पुजा पनि प्रकृति पुजक कै रुपमा लिन सकिन्छ । त्यस्तै धर्म कै पहिचान बनेका बुद्ध ९.०४%, बोन ०.०४%,जैन ०.०१%, किराँत ३.०४%, हिस्सा ओगटेको भएपनि हिन्दु धर्मकै उपशाखा मानिन्छन्। त्यसैले यो धर्मलाई धर्मको धर्म भनिन्छ किनकि यसले कुनै धर्म प्रति विभेद गर्दैन र त नेपालमा सबै जातजाति भाषाभाषी र अ-आफ्ना संस्कार संस्कृति मिलेर बसेका छन। मंगोल पनि हिन्दु धर्म भित्र नै सुरक्षित छ। त्यस्तै यहाँ अन्य धर्महरुको पनि बाहुल्यता छ त्यस्मा ईस्लाम ४.३९% क्रिष्टियन १.४१% र अन्य ०.७३% छन्।
नेपालमा २०६८ को जनगणना अनुसार १२३ भाषी छन्। ५१ वटा भारोपेली भाषा, ६९ वटा भोट बर्मेली भाषा,१ वटा आग्नेय परिवार भाषा,अनि द्रविण भाषा बोल्नेहरू छन्। १२५ जात जाती छन्। सबैको आफ्नै मौलिक पहिचान सस्कृति छ। तरपनि यहा द्वन्द छैन। अन्य देशमा हेर्ने हो भने क्रिश्चियन एकै धर्मावलम्बीको १४६ शाखा छन, जहा १४६ शाखा बीच मै को ठुलो हो भन्ने कुरामा नश्लबादी द्वन्द चलीरहन्छ। जर्मनबाट शुरु भएको नश्लबादी द्वन्द युरोप भरी फैलदैं ठुला ठुला नरसंहार पछि बिश्व युद्ध कै शुरुवात भएको ईतिहास छ।
एकीकृत हुने र फुट्ने क्रममा साँघुरिदै उपत्यकामा मात्र सिमित हुन पुगेको नेपाल प्रशासनिक हिसाबले २२ से, २४ से राज्यको रुपमा बिभक्त थियोे। फरक फरक हावापानी (मौसम), धरातल (भुगोल) मा बसोबास गर्ने फरक फरक जातिहरुको फरक भाषा भएता पनि धर्म, संस्कार र संस्कृति एकै प्रकारको भएकोले नेपाललाई सबै जातिको साझा फुलबारी भनिएको हो। राजा पृथ्वीनारायण शाहले धर्म भाषा संस्कार संस्कृतिका हिसाबले सघनतामा रहेका विभिन्न बाइसे चौबिसे राज्यको रूपमा बिभक्त मुलुकलाई विशेष गरि दक्षिण भारतमा छिरिसकेका साम्राज्यवादी अङ्ग्रेजहरुबाट सुरक्षित राख्न एकीकरण गरि विशाल नेपाल बनाउने अभियानको शुरुवात गरे। शाह बंशीय राजाहरुले विभिन्न चरणमा एकीकरण अभियानलाई बिस्तार गर्दै पुर्बमा हालको आसाम सम्म, पश्चिममा कांगडा, पंजाबको सतलज नदिसम्म र दक्षिणमा गंगा नदिको उत्तरी समथर मैदानी भु-भागसम्म पुर्याएको ईतिहास छ।
राष्ट्रिय एकतालाई खलबलिन नदिई सबै जात धर्म भाषा संस्कार संस्कृति अनुसार भुगोलमा बर्गिकरण गरि फल्ने फुल्ने स्वायत्त (स्वशासित) राज्यको अबसर दिनु पर्दछ, यसरी नै हाम्रो राष्ट्रियता,सभ्यता र अन्तर्राष्ट्रिय पहिचानको संरक्षण हुन्छ। बिश्वका कतिपय राष्ट्रहरु आफ्नो राष्ट्रियता नै सभ्यताको संरक्षण र बिकासलाई आधार बनाएका छन्। सबै देबि ऋदेबताहरुको बासस्थान, ऋषिमुनिहरुको तपोभुमि यो हिमवत खण्ड जडिबुटी, जलविद्युत र पर्यटन समेतको समुचित उपयोग र बिकास गरी बिश्वभरिका पर्यटक भित्र्याएर देशको दिगो आम्दानीको श्राेत बनाउनु पर्छ र यसलाई राष्ट्रको गहना र पुञ्जको रुपमा बिश्वभरी फैलाउनु पर्छ। स्वायत्त राज्यलाई बहुराष्ट्रिय राज्य, क्षेत्रीय खण्डिकरण बुझ्ने वा आत्मनिर्णयको अधिकार भनी व्याख्या गर्ने त्यस्ता ब्यक्ति वा संस्था संबिधान बिरोधी तत्व भई कानुनको भागिदार हुनेछन् र त्यसता दलहरु खारेज गरिनु पर्छ। नेपाल भन्दा ठुला अलग राष्ट्रको हैसियतमा रहेका राज्य (state)हरु मिलेर देश बनेका ईन्डिया, रुस, अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता देशको अन्धनक्कल गरेर हाम्रो जस्तो सानो देशले न संघियता धान्न सक्छ, न बहुराष्ट्रिय राज्यको कल्पना गर्न सक्छ, न त जनसंख्या समेत बिश्वकै अधिक रहेका दुबै छिमेकी मुलूकको बिचमा रहेर जन्मको आधारमा नागरिकता दिने सम्बन्धमा निर्णय नै गर्न सकिन्छ।
यहाँका प्राचीन कालिन मठमन्दिर, गुम्बा स्तुपा त्यसमा कुँदिएका बुट्टा आकृतिको सौन्दर्यता हेर्न विश्वभरीकै मानिस यहा आउने गर्दछन्। यहाँका कैयौं मन्दिर, स्तुपा, मूर्ती, काष्ठ एवं धातु कला कृतिहरुमा एकभन्दा बढी आस्थाहरुको समन्वयात्मक संस्कृतिको समन्वय गरिएको पाईन्छ। मठ मन्दिरहरुमा कतै ब्राम्हण, कतै थारु, कतै राईलिम्बु, कतै मगर र कतै कथित दलित समुदायका पुजारी हुनुले पनि नेपाली संस्कृतिको समन्वयात्मक धारा झल्किन्छ। गाई जात्रा, ईन्द्र जात्रा, मत्स्येन्द्रनाथ जात्रा, कुमारी जात्रा, तिज, पञ्चमी, ल्होसार, छठ, चखेवा, साकेला जस्ता पर्वहरु आम नेपालीहरुका साझा पर्व बन्दै गएको तथ्यले के देखाउँछ भने नेपालमा जातिय सांस्कृतिक पहिचानका आधारमा समाज विभाजित छ भन्ने विदेशी दुष्प्रचार पूर्णतया भ्रामक र द्वेषपूर्ण छ।
बिगत लामो समय देखि हाम्रो मिलेर बसेको समाज प्रति पश्चिमाहरुले आँखा गाढिरहेका छन्। पश्चिमाहरुको योजना मुताविक ल्याईएको २०२८ को शिक्षा निती, १० बर्षे माओवादी जनयुद्ध र ०६२/०६३ को आन्दोलन मार्फत देशमा नैतिकता अनुशासन र धर्म संस्कार माथी मात्रै प्रहार गरिएन, यहाँको राष्ट्रियता सार्भभौमिकता माथि आँच पुर्याउदै क्रिश्चियन धर्म, NGO र INGO मार्फत हरेक कथित जनजाति, दलित, नागरिक समाज र बुद्धिजीवी भित्र छिरेर उनिहरुको आर्थिक अबस्था र पछौटेपनको फाइदा उठाउँदै निषेधको नश्लबादी जातीय द्वन्द भड्काउन खोजियो तर यहाँ जातिय आन्दोलन माथि उठ्न सकेन तथापि उनिहरु अझै प्रयास गर्दैछन, जबसम्म संसदीय ब्यबश्था र त्यसका दलालहरु सत्ताच्युत हुदैनन् र प्रजातन्त्रको नाममा निषेधमुलक राजनिती धर्म संस्कार संस्कृतिले उब्जाएको अनुशासन हिनता र किंकर्तब्य बिमुख नागरिकबाट हाम्रो देश माथि संधै खतरा हुनेवाला छ। यस्ता भड्काबबाट न युरोप, न अमेरिका, न अफ्रिका, न खाडी मुलुकहरु नै सुरक्षित रहे। अब नेपालमात्रै त्यस्तो देश हो जसलाइ अझै छुन सकेका छैनन, किनकी पृथ्वीनारायण शाह जस्तो युग पुरुषको नेतृत्व नेपालले पाएको थियो।
अ.कर्ता मिलन आचार्य
२०७८/०१/१५ बाट