विमानस्थलबाट बाहिरिएकाे सुन प्रकरणप्रति ओलीकाे आक्रोश

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,९ साउन

सय केजी सुन विमानस्थलबाट बाहिरिएकाे प्रकरणप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि आक्रोशित बनेका छन्।

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने ति चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ अर्काको गालामा मुखैका छेउमा लगेर टाँस्दै बस्छन् । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?

सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न उनले आग्रह गरेका छन्। ‘गृहमन्त्रीले बताउनुपर्याे उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो काम त भएको छैन होला ! उहाँको चाँहि संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’

उनले सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरूलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको