काठमाडाैं,११ साउन
नेकपा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने बताएका छन्।
बिहिबार बसेकाे राष्ट्रियसभाकाे बैठकमा बाेल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए ।
उनले भने, ‘यतिबेला नेपाल सुन तस्करीको ट्रान्जिक्ट प्वाइन्ट भएको छ । जब सरकार कमजोर हुन्छ, जब राज्य स्वयं यस कुरामा संलग्न हुन्छ यो अझै मौलाएर जान्छ, यतिबेला ठिक त्यस्तै भएको छ । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र ? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ ।’
उनले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गरे ।