गठबन्धनमा भागबण्डा मिलेपछि मात्र मुख्यमन्त्री थापाकाे शपथ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१७ साउन

भागबण्डा मिलाउन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ। साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम बेलुकी पाँच बजेका लागि सारिएको छ।

आज बिहान साढे १० बजे शपथग्रहण गर्ने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको थियो । तर, गठबन्धनमा मन्त्रालय भागबन्डा मिलाउनका लागि थापाले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *