सरकारले नचाहेको भए यो सुन समातिने थिएन : मन्त्री शर्मा

समाचार शेयर गर्नुहोस्

काठमाडौं, १८ साउन

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए सुन नसमातिने बताएकी छिन्।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गर्दै शर्माले भनिन्, ‘सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो, विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ।’

उनले सरकारले छानबिन प्रभवकारी ढंगले अघि बढाउनेमा कुनै कसर बाँकी नराखेको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।