बक्षस्थल देखाउँदा निलम्बित शान्ति बराल रास्वपा प्रबेश गर्दै

समाचार शेयर गर्नुहोस्

काठमाण्डौ

गोप्य अंग देखाएको भन्दै माओवादीले कारबाही गरेको शान्ति बराल लाई रास्वपा प्रवेश गर्ने तयारी

टिकटकमा गोप्य अंग देखाएको भन्दै माओवादी केन्द्रले कारबाही गरेकी रुपन्देहीकी शान्ती बराल रास्वपा प्रवेश गर्ने तयारी गरेकी छन । नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जालमा अश्लील हर्कत गरेको भन्दै कारबाहीमा परेकी बराललाई रास्वपा का नेताहरूले पार्टीमा आउन भनेपछि पार्टी प्रवेशको तयारी गरेकी हुन ।

रास्वपा का स्थानीय नेताहरूले कारबाहीमा परेलगत्तै भेटेर बराललाई रास्वपा प्रवेश गराउने तयारी गरेका थिए । सामाजिक सञ्जालमा सक्रिय बरालका कारण चुनावमा मत प्रभावित गर्न सक्ने भएकाले पार्टी प्रवेश गराउने तयारी थालेको रास्वपा का स्थानीय नेताहरूले रवि लामिछानेलाई जानकारी गराइसकेका छन । लामिछानेले भने माओवादी केन्द्रले कारबाही गरेको घटना नसेलाउँदै पार्टी प्रवेश गराउँदा गलत सन्देश जाने भएकाले हतार नगर्न सुझाएको स्रोतको भनाई छ ।

बराल गएको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका बालकृष्ण खाँडका पक्षमा खटिएकी थिइन । सामाजिक सञ्जालमा संवेदनशील अङ्गको प्रदर्शन गरेर फलोवर्स बटुलेको आरोपसहित माओवादी केन्द्र रुपन्देही सैनामैना नगर कमिटीमा आबद्ध बराललाई सोमबारमात्रै साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको विज्ञप्तिमार्फत सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।