सृष्टिले महर्जनले जितिन दुबईमा ‘मिस स्टार युनिभर्स २०२३’ को ताज

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, २४ असार

यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् ।

१९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’जस्ता सहविधा समेत जितिन् ।

उपाधि जितेपछि कुरा गर्दै उनले उपाधि जित्दा खुसी लागेको र मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको प्रतिक्रिया दिइन् ।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नर्भस पनि थिएँ । अन्ततः सफलता प्राप्त भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।