समाचार दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न जनमोर्चाको माग

समाचार शेयर गर्नुहोस्

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्न माग गरेको छ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, वामदेव गौतम र नारायण दाहाल राष्ट्रिय सभामा छन्। उनीहरूमध्ये पौड्यालको पदावधि सकिंदै छ।

त्यही स्थानमा आफ्नो पार्टीका उपाध्यक्ष पौडेललाई मनोनीत गर्नुपर्ने जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न पनि जनमोर्चाले अपील गरेको छ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि चुनाव हुँदै छ। जसमा आठ दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्।
https://www.himalkhabar.com/news/139688

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।