३ असार, काठमाडाैं
आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।
कुशल खेलकाे ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलकाे सामना गरेका उनले १३ चाैका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाकाे बलमा बाेल्ड भए । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दाेस्राे शतक बनाउनबाट १ रनले चुके ।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ ओभर ५ बलमा १ सय ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेकाे सर्वाधिक रनकाे साझेदारी हो ।