काठमाडाैं,
जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इण्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए।
अघिल्लो दुई खेलमा विकेटविहीन रहेका उनले आज भने आफ्नो दोस्रो ओभरमै महत्वपूर्ण विकेट लिए । सन्दीपले १३.३ ओभरमा ओपनिङ ब्याटर ब्रेण्डन किंगलाई ३२ रनमा बोल्ड गरे ।
यस्तै, वेस्ट इण्डिजको पहिलो विकेट तीव्र गतिका बलर करण केसीले लिए । उनले दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सलाई १ रनमा आउट गरे । चौका हान्ने धुनमा मेयर्स कुशल भुर्तेलबाट क्याच आउट भए ।
यस्तै, युवा अलराउन्डर गुलशन झाले नेपाललाई दोस्रो सफलता दिलाए । पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।