काठमाडाैं,२६ असार
काठमाडौं जिल्ला अदालतमा आफूहरुलाई पार्किङको सुविधा उपलब्धन नगराएको भन्दै कानून व्यवसायीले आक्रोश पोखेका छन् ।
यस्तै उनिहरूले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने भएकाले सर्वसाधारण समस्यामा परेका बताएका छन्।
उनीहरुले जिल्ला अदातलको भवनमा भएको पार्किङका लागि छुट्याइएको स्थानमा क्यान्टिन सञ्चालन गर्न दिएको तर सेवाग्राही र कानून व्यवसायी पार्किङको अभावमा समस्या भोग्दै आएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवार जिल्ला अदालत परिसरमा भेला भएर ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेका उनीहरुको जिल्ला अदालत काठमाडौंले पत्र लिन नमानेपछि आक्रोशित भएका हुन् ।