नेपालका लागि महिन्द्रा अटोमोबाइल्सले इलेक्ट्रिक ओरिजिन एसयूभी मोडलहरू बीई–६ र एक्सइभी ९–ई सार्वजनिक गरेको छ । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कगलकर, ग्राहकवर्ग तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समारोहमा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपाल तथा क्षेत्रीय सहरमा विद्युतीय मोबिलिटी विस्तारसम्बन्धी कम्पनीको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरे । त्यस्तै, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कगलकरले ‘बर्न इलेक्ट्रिक’ प्रविधि र महिन्द्राको विश्वव्यापी विद्युतीय सवारी मार्गचित्रबारे जानकारी दिए ।
यी दुवै एसयूभी महिन्द्राको अत्याधुनिक इंगलो प्लेटफर्ममा आधारित छन् र विश्वकै बुद्धिमान अटोमोबाइल संरचना मानिने माया प्रणालीद्वारा सञ्चालित छन् । यी मोडलको सार्वजनिकरणसँगै विद्युतीय सवारी क्षेत्रमा चितवनसहित नेपालका क्षेत्रीय बजारमा नयाँ यात्राको सुरुआत भएको कम्पनीले जनाएको छ ।
महिन्द्रा बीई–६ र एक्सइभी ९–ई लाई सन् २०२५ मा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा ल्याएको थियो । त्यसयता यी मोडलले उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन् । हालै एक्सइभी ९–ई ले इन्डियन कार अफ द इयर २०२६ अन्तर्गत ग्रीन कार अफ द इयर २०२६ उपाधि प्राप्त गर्नुले यसको उन्नत विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको कम्पनीको दाबी छ ।
बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअप लाई देशका विभिन्न क्षेत्रीय सहरहरूमा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमा वीरगञ्ज, भैरहवा, इटहरीलगायतका सहरहरूमा पनि यी मोडल सार्वजनिक गरिनेछन् ।








