सन् २०२२ फेब्रुअरीबाट जारी रुस युक्रेन युद्ध समाधानको लागि पहिलोपटक प्रमुख साझेदार तीन देशको बैठक हुने भएको छ । रुस, अमेरिका र युक्रेन बैठकमा सहभागी हुने भएका छन् । रुस हमला गर्ने देश हो ।

युक्रेन हमलाको सामना र प्रतिहमला गर्ने देश भने भने अमेरिका युक्रेन युद्धको सबैभन्दा ठूलो युक्रेनी सहयोगी देश हो । दुई दिनअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा युक्रेनलाई साढे तीन अर्ब डलर दिएको बताएका थिए । यी तीनै देशको संयुक्त वार्ता संयुक्त अरब अधिराज्य (यूएई)को राजधानी आबुधाबीमा हुने भएको हो ।

ट्रम्पका दूतहरूसँग पुटिनले मस्कोमा चार घण्टा कुराकानी गरेपछि यो सार्वजनिक भएको हो । रुस युक्रेन युद्धमा मध्यस्ततामा टर्की, कतार, साउदी, यूएई लगायतका देशले पहल गरिरहेका थिए ।

यूएईले पहिलोपटक त्रिपक्षीय वार्ता गराउन सफल भएको छ । त्रिपक्षीय वार्तामा शीर्ष नेतृत्व नआएता पनि उनीहरूका प्रतिनिधिहरू आउने बताइएको छ । रुसको तर्फबाट पुटिनका निजी स्वकिय युरी उषाकोभ र लगानी दूता किरिल दिमित्रिभ हुने रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।