युवराज सफल भनेर चिनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइज्जती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाैडेलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताविरुद्ध विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

उनीमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ ।