काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला बेहोस भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

शुक्रबार बिहान बेहोस भएपछि सिटौलालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बालेनका सल्लाहकार कुमार बेनले जानकारी दिए ।