काठमाडौं । तुवालोको कारणआज बिहानदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक उडान सुचारु हुन थालेको छ । बिहानबाट लुक्ला बाहेकको अन्य ठाउँको उडान रोकिएको थियो । अहिले भने क्रमशः देशभरका विमानस्थलमा उडान सुरु हुन लागेका छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेत बिहानबाट बन्द रहेको जहाज उडान अहिले सुरु भएको बताए । काठमाडौंमा भने जहाज उडान र अवतरणम कुनै समस्या थिएन ।

बस्नेतले भने, ‘लुक्ला बाहेक अन्य विमानस्थलमा आन्तरिक तर्फको उडान बन्द रहेको थियो । हुसुको कारण आन्तरिक उडान नभरेको हो । अहिले हुसु हटेपछि देशभरको आन्तरिक उडान सुचारु हुँदै छ । काठमाडौंको विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फको उडान र अवतरण सामान्य छ।’