काठमाडौं ।

प्याब्सन गण्डकी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा बिहीबार जित हात पारेका छन् । प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगितामा गण्डकीले कोशी प्रदेशलाई २४ रनले पराजित ग¥यो ।

पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा अलआउट हुनुअघि ८७ रन बनायो । समृद्ध भुसालले १७, तुसार शर्माले १३ र साइडुल्ला अन्सारीले १२ स्कोर गरे । बलिङतर्फ कोशीका ‘म्यान अफ द म्याच’ दिवस विष्टले ३ तथा लुसेङ गुरुङ र आकाश यादवले समान २–२ विकेट हात पारे ।

प्रत्युत्तरमा कोशीले १६.३ ओभरमा पूरै विकेट गुमाउदै ६३ रन मात्र बनायो । रुसल सुन्दासले सर्वाधिक १७ रन जोडे । बलिङमा गण्डकीका सुजन अर्याल, अनिश पोख्रेल, सुमिन घर्ती मगर र अनिश भट्टराईले समान २–२ विकेट लिए ।

तल्लो मूलपानी क्रिकेट मैदानमा प्याब्सन मधेशले प्याब्सन सुदूरपश्चिमलाई ८ विकेटले हरायो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै अलआउट हुँदै ७९ रन जोड्यो । अनिल रावतले १७ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रनमा बनाउन सकेनन् । मधेशका ‘म्यान अफ द म्याच’ खिलराज सर्राफले ४ तथा दिलराज यादवले ३ विकेट लिए ।

मधेशले ११.५ ओभरमा मात्र २ विकेट क्षतिमा ८२ रन बनाउदै जित हासिल पा¥यो । मधेशका मौसम अन्सारीले नटआउट ४३ रन जोडे । सुदूरपश्चिमका अनिल रावतले २ विकेट लिए ।