नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे रंगशालामा वेस्ट इन्डिजका कप्तान साई होपले टस जितेर फिल्डिङको निर्णय लिए ।

यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालले इटालीविरुद्धको दोस्रो खेल १० विकेटले गुमाएको थियो ।

यता, उच्च लयमा रहेको वेस्ट इन्डिज नेपाललाई पराजित गर्दै एक खेल अगावै सुपर– ८ मा पुग्ने लक्ष्यमा छ । वेस्ट इन्डिजले यसअघि स्कटल्यान्डलाई ३५ र इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो ।

नेपालले एक परिवर्तन गरेको छ । इटालीविरुद्ध खेलेका स्पिनर ललितनारायण राजवंशीको स्थानमा तीव्र गतिका बलर मौका पाएका छन् । साेमपालका लागि जारी विश्वकपमा यो पहिलो खेल हुनेछ । उनले इंग्ल्यान्ड र इटालीविरुद्धको खेल गुमाएका थिए ।

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सनकुमार झा, नन्दन यादव, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने,