काठमाडौं । लाेक सेवा आयाेगले शाखा अधिकृतको प्रथम चरण परीक्षाको नतिजा सार्वजनिक गरेकाे छ ।

गत माघ २४ गते भएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधक) शाखा अधिकृतको प्रथम चरणको परीक्षाको नतिजा सार्वजनिक भएको हाे । आयोगले लिएको प्रथम चरणको परीक्षामा २३ हजार ४८८ जना सहभागी भएका थिए ।

२३ हजार ४८८ जना सहभागीमध्ये ७ हजार ९०८ जना उर्तीण भएका छन् । आयोगका अनुसार ३३.६७ प्रतिश मात्रै उत्तीर्ण भएका छन् ।

२३ जना परीक्षार्थीको परीक्षा भने उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले रद्द भएको आयोगले जनाएको छ ।

प्रथम पत्रमा उत्तीर्ण भएका परीक्षार्थीहरुले मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।