प्यूठान। नेपाली कांग्रेसका नेता प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले नेपालमा रहेको बिधमान बेरोजगारी समस्या समाधाननै अहिलेको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्यूठानबाट कांग्रेसका तर्फबाट उम्मेद्वारसमेत रहेका डा. पोखरेलले प्यूठानलगायत देशभर युवाहरूमा बेरोजगारी समस्या रहेकाले आफूले अध्यापन गराएका धेरै युवाहरूले तराईका औद्योगिक क्षेत्रमा स्वरोजगार बनेको स्मरण गर्दै युवाहरूलाई साना तथा मझौला किसिमका रोजगार शृजना गर्न पहिले प्यूठानका १० हजार युवाहरूलाई सिप विकास सम्बन्धी तालिम प्रदान गर्ने पहिलो प्राथमिकता दिने बताए ।
मतदाता भेटघाट तथा घरदैलो गर्दै झिमरुक पुगेका डा.पोखरेलले नीतिगत सुधार गरी रोजगार शृजना गर्ने बताएका थिए ।








