काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वसांसद रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले उनलाई पार्टीमा भित्र्याए ।
७० र ७४ को चुनावमा काठमाडौं- ७ बाट जितेका रामवीर ७९ मा भने बागी उठेका थिए । केही समय निष्क्रिय भएपछि उनी पुन: एमालेमा सक्रिय थिए ।
मानन्धरले ०७० मा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई साथै ७४ मा राप्रपाका विक्रम थापालाई पराजित गरेका थिए ।








