रामेछाप । रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा रामेछाप नगरपालिका-६ च्यास्कुकी ती बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता राजनप्रसाद तिमिल्सिनाका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो सटरभित्रै छिरेको थियो ।

स्थानीयका अनुसार बोलेरो चालक नभएको मौका छोपी अटो चालक स्थानीय तीर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।