काठमाडौं । देशका विभिन्न ठाउँमा मंगलबार (फागुन १२) वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्ला तीन घण्टामा सबैभन्दा बढी वर्षा संखुवासभामा भएको छ । यो अवधिमा संखुवासभाको नुममा ३३.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
“१२ फागुन २०८२ (साँझ ५ बजे) । पछिल्लो तीन घण्टामा सबैभन्दा बढी पानी संखुवासभाको नुममा (३३.८ मिलिमिटर) परेको छ,” महाशाखाले सूचना जारी गर्दै भनेको छ ।
महाशाखाका अनुसार, कतिपय पहाडी र हिमाली जिल्लाहरूमा अहिले पनि पानी परिरहेको छ । रातिदेखि मौसममा सुधार हुने जनाएको छ ।








