नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजतन्त्र कुनै हालतमा नफर्कने भन्दै भ्रम नपाल्न आग्रह गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।
‘नेपालमा राजतन्त्र फर्किँदैन, यो भ्रम पाल्नुपर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘इतिहासमा मिल्काइसकेको प्रवृत्ति फेरि फर्केर आउँछ भन्नु बेकारको कुरा हो ।’








