काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५ सय जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

क्षेत्र नम्बर १ अन्तर्गत झुन्खुन्वामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५ सय जना नेकपामा प्रवेश गरेका हुन् ।

नौसाद हापीको नेतृत्वमा करिब ५ सय जना युवा तथा समर्थकहरु नेकपामा आवद्ध भएकाे बताइएकाे छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नं। १ का उम्मेदवार माधव कुमार नेपालको उपस्थितिमा तारा अंकित टोपी र माला लगाएर स्वागत गरेका हुन् ।

पूर्व प्रधानमन्त्री नेपालले युवाशक्तिको उत्साहजनक सहभागिताले परिवर्तन र समृद्धिको अभियानलाई थप बल पुगेको बताए । उनले रौतहटको विकास, रोजगारी सिर्जना र जनताको अधिकार सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।