विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला परेका छन्।
गोरखा, कपिलवस्तु र ताप्लेजुङमा एक महिला र दुईजना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
गोरखाको पालुङटार नगरपालिका-३ पाथीभरा बस्ने ३५ वर्षीय विक्रम नेपाली सोही ठाउँस्थित डुम्रेडाँडाबाट पाथीभरा जाने सडक छेउमा मतृ फेला परेका हुन्।
सडकमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यसैगरि ताप्लेजुङको सिरीजङ्घामा पनि एक महिलाको शव फेला परेको छ।
सिरीजंघा गाउँपालिका-४ कुचिङटार बस्ने ४० वर्षीया मनकला थेवे लिम्बु सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।
त्यसैगरि कपिलवस्तुको बाणगंगामा एक पुरुष मृत फेला परेका छन्।
बाणगंगा नगरपालिका-६ खुटेनीस्थित वाणगंगा खोलाको किनारामा वाणगंगा नगरपालिका-५ नमुना टोल बस्ने ६० वर्षीय तारा बहादुर मगर मृत फेला परेका छन्।
यी सबै घटनामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








