चितवन–३ बाट निर्वाचित भएकी सोविता गौतमले अबको प्रधानमन्त्री बालेन साह नै भएको बताएकी छिन् । निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले नागरिकको भरोसालाई टुट्न नदिने बताइन् ।

‘हामीमाथि जनताले ठूलो आशा गरेर मत दिनुभएको छ । रास्वपालाई आशाको रुपमा विश्वास गर्नुभएको छ’, गौतले भनिन्, ‘हामी यो भरोसालाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौं । चुनाव अघि नै बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेकाले उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।’

सोविता संसदीय इतिहासमै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी छिन् । उनले ५९ हजार २७७ मत ल्याउँदा नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छिन् । भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रेनु उम्मेदवार बनेकी थिइन् ।

यस अघि काठमाडौं–२ बाट जितेकी सोविता चितवन पुग्दा झन् प्रभावशाली मतले निर्वाचित भएकी हुन् ।