भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन्।

उनले १६ हजार ६ सय ६३ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार शेरधन राई पराजित भए। शेरधनले १४ हजार ७ सय ५० मत ल्याएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याएका थिए।

रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका थिए।

श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।