अर्घाखाँची। अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ। रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो। दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए।
जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो। जसमा दुई हजार ५७८ मत बदर भएका छन्। ८६ हजार १५५ मत सदर भएका थिए।








