धनकुटा। जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेकी ३० वर्षीया सविना अधिकारी लागूऔषधसहित पक्राउ परेकी छन् ।
लागु औषध नियन्त्रण ब्युरोले नागढुंगाबाट अधिकारीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनका साथबाट ८८ ग्राम खैरो हिरोइन बरामद गरेको छ । अधिकारी बुधबार राजबिराजबाट काठमाडौं जाँदै थिइन् र बस नम्बर बा प्र ००१–००६–ख ७४२० मा यात्रा गरिरहेकी थिइन्।
प्रहरीका अनुसार अधिकारी भदौ २४ गते भएको जेनजी आन्दोलनमा हिरासतबाट भागेकी थिइन्। उनीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
प्रहरीका अनुसार अधिकारी भदौ २४ गते भएको जेनजी आन्दोलनमा हिरासतबाट भागेकी थिइन्। उनीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।