काठमाडौँ । साउदी अरबले राजधानी रियाद र देशका पूर्वी क्षेत्र वरिपरि १० वटा ड्रोन रोक्दै मारिएको जनाएको छ ।
यसबारे ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुनै पनि सम्बन्ध नभएको बताएको छ । आईआरजीसीले जारी गरेको बयानमा भनिएको छ- ‘यस हमलाको ईरानसँग कुनै सम्बन्ध छैन । साउदी सरकारले पत्ता लगाउनुपर्ने हुन्छ कि यो हमला कसले गरेको हो ।’
हालसम्म ड्रोन कसले पठायो भन्ने स्पष्ट भएको छैन । साउदी अधिकारीहरूले घटना बारे अनुसन्धान सुरु गरिसकेका छन् ।








