काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

मंगलबार (चैत ३) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको मूल्य तोलाको तीन लाख नौ हजार ९०० रुपैयाँ कायम छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर तोलाको पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पाँच हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ ।