काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को आयोजना र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा काठमाडौँको भृकुटीमण्डपमा भएको ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ आजदेखि सुरु भएको हो।
८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ।
आजदेखि सुरु भएको पुष्प मेला चैत ८ गतेसम्म रहने छ ।








