काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी एलिट कप दुई दिवसीय प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फाइनलमा चार विकेटले पराजित गर्दै दोस्रोपटक उपाधि उचालेको हो । पुलिसले यसअघिको संस्करणमा पनि आर्मीलाई नै २८ रनले पराजित गर्दै उपाधि जितेको थियो ।