काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले इन्स्पेक्टर अजयजङ्ग थापालाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान गरेका कारण उत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।
नागढुङ्गास्थित प्रहरी प्रभागमा कार्यरत इन्स्पेक्टर थापा अपराध अनुसन्धान तथा नागरिक सुरक्षाका काममा अब्बल अधिकृत मानिन्छन् ।
उनले प्रहरी सेवामा विभिन्न चुनौतीपूर्ण जिम्मेवारी बहन गरेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनको भूमिका उल्लेखनीय रहेको प्रहरी परिसर, भद्रकालीले जनाएको छ ।








