वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सुरुवाती ७ महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा १ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकाेमा ८८ प्रतिशत राजस्व संकलन भएको हो । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको बताए ।

चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कार्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

यसैगरी, मंसिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।