काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रा.लि. को हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हो । मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ हेलिकोप्टर दोलखाको लाप्चा चरिकोट एरियाबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

क्याप्टेन सुरज थापाले उडाएको हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार रहेको बताइएको छ । यसबारे थप विवरण आउन भने बाँकी छ । हेलिकोप्टर बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो ।