काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिएका छन्।
बैठकले संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता बन्नेमा कुनै दुबिधा नरहेको मल्लले बताएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ७ गरी कुल १७ सिट जितेको थियो।







