हास्य टेली शृंखला ‘हर्के हवदार’का निर्देशक इन्द्र दोङ लामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले लामालाई पार्टीमा स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्।
उनले तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘जय माटो भन्ने टोली थप्दै।’
सम्पाङले करिब ८० जनालाई पार्टी सदस्ता प्रदान गरिएको बताएका छन्।
तस्बिरमा हर्के हवलदारका निर्देशक इन्द्र दोङ लामा र कलाकार राजेन्द्र गिरीले साम्पाङको हातबाट पार्टी सदस्यता लिइरहेको देखिन्छ।







