दार्चुलाको शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू कार्यसम्पादनका क्रममा काडापारीबाट ओसिलतर्फ जाँदै गरेको जनाइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको गोकुलेश्वरस्थित अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको अवस्था मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।